विद्युत् काटेर १ करोड २७ लाख बक्यौता असुली
जलसरोकार
दमौली: नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बक्यौता असुलीका लागि लाइन काट्ने अभियान जारी राखेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा लाइन काटेर रु १ करोड २७ लाख १५ हजार ७८६ संकलन गरेको जनाएको छ ।
उक्त अवधिमा एक हजार ५२ सेवाग्राहीको लाइन काटिएकोमा सात सय आठ जनाले बक्यौता भुक्तानी गरी पुनः जडान गरेका छन् । अझै पनि रु ६६ लाख २७ हजार ३३१ उठ्न बाँकी रहेको केन्द्र प्रमुख विजयराज रेग्मीले बताए ।
आव २०८०/८१ मा भने एक हजार ४३६ सेवाग्राहीको लाइन काटी रु २ करोड ६८ लाख ४५ हजार ७०० असुल गरिएको थियो । सो अवधिमा एक हजार २७३ सेवाग्राहीको लाइन पुनः जडान गरिएको थियो भने रु ३ करोड ५० लाख ५६ हजार ६७४ उठ्न बाँकी थियो ।
विद्युत् बिक्रीमा कमी
केन्द्रले आव २०८१/८२ मा ५ करोड ३६ हजार ५१४ युनिट विद्युत् बिक्री गरेको छ । अघिल्लो वर्ष ५ करोड ४० लाख ५९ हजार २१२ युनिट बिक्री भएकोमा यस वर्ष ०.८४ प्रतिशतले कमी आएको हो ।
विद्युत् बिक्रीबाट चालु आवमा रु ५९ करोड ५८ लाख ६९ हजार ४७९ संकलन भएको छ । अघिल्लो वर्ष यस शीर्षकमा रु ५३ करोड ९४ लाख ३३ हजार ९३६ असुल भएको थियो ।
चार्जिङ स्टेशनतर्फ व्यापार
केन्द्र अन्तर्गत १४ चार्जिङ स्टेशनमार्फत सात लाख एक हजार २८६ युनिट विद्युत् बिक्री भएको छ । यसबापत रु ५३ लाख ३३ हजार ९२९ असुल भएको केन्द्रले जनाएको छ ।
ग्राहक संख्या वृद्धि
गत वर्ष तनहुँमा २ हजार ५०३ नयाँ ग्राहक थपिएका छन् । यससँगै जिल्लाभर कुल ५३ हजारभन्दा बढी सेवाग्राही पुगेको केन्द्र प्रमुख रेग्मीले जानकारी दिए ।
उनका अनुसार थपिएकामध्ये घरेलु ग्राहक २ हजार २५६, व्यापारिक ३१, गैरव्यापारिक ३७, औद्योगिक ३७, यातायात (इभी) १०, खानेपानी ४१, सिँचाइ २६, धार्मिक तथा सांस्कृतिक १६, अस्थायी बत्ती १४ र सडक बत्ती ३५ रहेका छन् ।
हाल तनहुँ वितरण केन्द्रको कार्यक्षेत्रभित्र ५१ हजार ७५ घरेलु, ३५५ व्यापारिक, ५६७ गैरव्यापारिक, ७८१ औद्योगिक, ११ यातायात (इभी), २३२ खानेपानी, ३८२ सिँचाइ, २१९ धार्मिक तथा सांस्कृतिक, १६ अस्थायी बत्ती, २०८ सडक बत्ती, १ सामुदायिक र १३ आन्तरिक गरी ५३ हजारभन्दा बढी ग्राहक रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा