हावाहुरी र असिना पानीका कारण विद्युतीय पोलमा क्षति
जलसरोकार
हेटौँडा: उत्तरी मकवानपुरको थाहा नगरपालिकामा बिहीबार राती आएको हावाहुरी तथा असिना पानीको कारण विद्युतीय पोलमा क्षति पुगेको छ ।
हावाहुरीले थाहा–२ को फाँटबजार क्षेत्रमा रहेको विद्युतीय ट्रास्फर्मर, वडा नम्बर ३ मा रहेको ट्रास्फर्मर, थाहा–३ मा रहेको बायोखेला, गोरखनाथ एरिया, दम्की डाँडा क्षेत्रको ट्रास्फर्मर, अन्य वडाहरूको ट्रास्फर्मर, विद्युतीय पोलहरूमा समेत क्षति भएको पालुङ वितरण केन्द्रले जानकारी दिएको छ ।
हावाहुरीले विद्युतीय ट्रास्फर्मर र पोलमा क्षति हुँदा थाहाको अधिकांश क्षेत्रमा आज विद्युत् अवरोध भएको छ ।
प्राधिकरणले विद्युतलाई सुचारु गराउनको लागि आज बिहानैबाट क्षति भएको स्थानमा पुनः जडानको कामहरू सुरु गरिसकिएको जनाएको छ । भने स्थानीय पालीकाले क्षतिको विवरण संकलन गर्ने काम सुरु गरिसकेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव