हावाहुरी र असिना पानीका कारण विद्युतीय पोलमा क्षति
जलसरोकार
हेटौँडा: उत्तरी मकवानपुरको थाहा नगरपालिकामा बिहीबार राती आएको हावाहुरी तथा असिना पानीको कारण विद्युतीय पोलमा क्षति पुगेको छ ।
हावाहुरीले थाहा–२ को फाँटबजार क्षेत्रमा रहेको विद्युतीय ट्रास्फर्मर, वडा नम्बर ३ मा रहेको ट्रास्फर्मर, थाहा–३ मा रहेको बायोखेला, गोरखनाथ एरिया, दम्की डाँडा क्षेत्रको ट्रास्फर्मर, अन्य वडाहरूको ट्रास्फर्मर, विद्युतीय पोलहरूमा समेत क्षति भएको पालुङ वितरण केन्द्रले जानकारी दिएको छ ।
हावाहुरीले विद्युतीय ट्रास्फर्मर र पोलमा क्षति हुँदा थाहाको अधिकांश क्षेत्रमा आज विद्युत् अवरोध भएको छ ।
प्राधिकरणले विद्युतलाई सुचारु गराउनको लागि आज बिहानैबाट क्षति भएको स्थानमा पुनः जडानको कामहरू सुरु गरिसकिएको जनाएको छ । भने स्थानीय पालीकाले क्षतिको विवरण संकलन गर्ने काम सुरु गरिसकेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी
-
भोटेकोशी बाढीपीडितलाई विद्युत्मा राहत, भदौदेखि न्यूनतम बिल नलिइने
-
तीन दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार करेक्सन, कारोबार ५ अर्बमा झर्यो