चुम उपत्यका तीन दिनदेखि अन्धकारमा
जलसरोकार
मनाङ : जिल्लाको चुम उपत्यका तीन दिनदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन बनेको छ ।
चुमनुब्री गाउँपालिका–७ का छेकम, पारो, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी र छुलेगाउँका करिब तीन सय परिवारका आठ सयभन्दा बढी नागरिक आइतबारदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् ।
स्थानीय दोर्जे लामाका अनुसार आइतबार बिहानदेखि गाउँमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा पूर्णरूपमा बन्द छ । “कादुरी संस्थाले बनाएको लघुजलविद्युत् आयोजनाको पावरहाउस बिग्रिएपछि आइतबार बिहानदेखि उत्पादन बन्द भएको हो,” लामाले बताउनुभयो, “वडा नं ७ का लार, पाङ्दुन र निलेबाहेक सबै बस्तीमा बत्ती छैन ।”
सोही पावरहाउसबाट सञ्चालित विद्युत्लाई आधार मानेर मोबाइल टावर चलाइँदै आएकोमा बत्ती बन्द भएपछि टेलिफोन र इन्टरनेट सेवा पनि ठप्प भएको जनाइएको छ ।
विद्युत्का प्राविधिकका अनुसार मेसिनमा खराबी आएर समस्या भएको हो । विद्युत् नहुँदा गाउँका कुटानीपिसानी मिल, काष्ठ मिल र घरायसी विद्युतीय उपकरणसमेत सञ्चालन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स