सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बूढीगण्डकीको बाढी : टाइम्स इनर्जीका १५ संरचना बगायो, १८ कर्मचारीले भागेर जोगाए ज्यान

जलसरोकार
आइतबार, असोज २५, २०८३ | ११:१६:०० बजे

 

गोरखा : बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीले आयोजनाका नौवटा ब्लक र छवटा सार्वजनिक भवन बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ। आयोजनामा कार्यरत १८ जना कर्मचारीले भने बाढी आउन लागेको सूचना पाएपछि सुरक्षित स्थानमा भागेर ज्यान जोगाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बूढीगण्डकीमा आएको बाढीले आयोजनाका संरचनामा व्यापक क्षति पुर्‍याएको हो। बाढीले नौवटा ब्लक र छवटा सार्वजनिक भवन बगाएको प्रारम्भिक सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ।

आयोजनामा कार्यरत १८ जना कर्मचारीले स्थानीयवासीबाट बाढी आउन लागेको सूचना पाएपछि समयमै सुरक्षित स्थानतर्फ गएर ज्यान जोगाएका हुन्। उनीहरू आफैँ अग्लो र सुरक्षित ठाउँमा पुगेका थिए।

 ती कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएकाे छ । 

 

प्रकाशित मिति : आइतबार, असोज २५, २०८३ | ११:१६:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया