दशरथचन्दमा ‘उज्यालो दशरथचन्द’ कार्यक्रम सञ्चालन
जलसरोकार
बैतडी : दशरथचन्द नगरपालिकाले सदरमुकाममा सार्वजनिक स्थान र बजार उज्यालो बनाउने उद्देश्यले ‘उज्यालो दशरथचन्द’ कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टका अनुसार सदरमुकामका मुख्य बजार गोठलापानी, गढी र शाहीलेकमा बल्ब जडान गरी कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा नगर प्रमुख पुष्करराज जोशीले नेपाल विद्युत् प्राधिकरणमा राखिएको ‘स्वीच अन’ गरी औपचारिक रूपमा बत्ती बालेका थिए ।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक सहयोग र नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकामका विभिन्न स्थानमा ७२ वटा बल्ब जडान गरिएका छन् । नगरपालिकाको नीति कार्यक्रमअनुसार सार्वजनिक स्थान र मन्दिरमा बत्ती बाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
गत आर्थिक वर्ष २०८१÷८२ मा ‘उज्यालो दशरथचन्द’ कार्यक्रमका लागि रु ९ लाख ९९ हजार ७३५ बजेट विनियोजन गरिएको थियो भने चालु आवमा रु १० लाख बजेट छुट्याइएको छ । चालु आवमा देहीमाण्डौँ, मुस्याचौर, झुलाघाट लगायतका बजार र सार्वजनिक स्थानमा बत्ती जडान गर्ने योजना रहेको नगरपालिका स्रोतले जानकारी दियो ।
नगर प्रमुख जोशीका अनुसार विद्युत् लाइन पुगेका स्थानमा राष्ट्रिय प्रसारण लाइनको माध्यमबाट र नपुगेका स्थानमा सौर्य बत्तीको व्यवस्था गरिनेछ । ‘उज्यालो दशरथचन्द’ अभियानले नगरपालिकाभित्रका सबै सार्वजनिक स्थानलाई समेट्दै सुरक्षा र सौन्दर्यमा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आगामी २४ घण्टामा देशका पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना
-
ऊर्जा मन्त्री घिसिङ मन्त्रालय र प्राधिकरणका टोलीसहित आफै पुगे भार प्रेषण केन्द्र
-
ट्रंक तथा डेडिकेटेडकाे बक्यौता नतिर्ने उद्योगहरुकाे लाइन काट्न सुरु
-
लक्ष्मी पूजाको साँझ विद्युत्को उच्चतम खपत १६५० मेगावाट
-
आगामी २४ घण्टामा अधिकांश भू-भागमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदली
-
पाकिस्तान दूतावास र नेपाल-पाकिस्तान युवा परिषद्द्वारा इलामका बाढीपीडितलाई राहत सहयोग