दशरथचन्दमा ‘उज्यालो दशरथचन्द’ कार्यक्रम सञ्चालन
जलसरोकार
बैतडी : दशरथचन्द नगरपालिकाले सदरमुकाममा सार्वजनिक स्थान र बजार उज्यालो बनाउने उद्देश्यले ‘उज्यालो दशरथचन्द’ कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टका अनुसार सदरमुकामका मुख्य बजार गोठलापानी, गढी र शाहीलेकमा बल्ब जडान गरी कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा नगर प्रमुख पुष्करराज जोशीले नेपाल विद्युत् प्राधिकरणमा राखिएको ‘स्वीच अन’ गरी औपचारिक रूपमा बत्ती बालेका थिए ।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक सहयोग र नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकामका विभिन्न स्थानमा ७२ वटा बल्ब जडान गरिएका छन् । नगरपालिकाको नीति कार्यक्रमअनुसार सार्वजनिक स्थान र मन्दिरमा बत्ती बाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
गत आर्थिक वर्ष २०८१÷८२ मा ‘उज्यालो दशरथचन्द’ कार्यक्रमका लागि रु ९ लाख ९९ हजार ७३५ बजेट विनियोजन गरिएको थियो भने चालु आवमा रु १० लाख बजेट छुट्याइएको छ । चालु आवमा देहीमाण्डौँ, मुस्याचौर, झुलाघाट लगायतका बजार र सार्वजनिक स्थानमा बत्ती जडान गर्ने योजना रहेको नगरपालिका स्रोतले जानकारी दियो ।
नगर प्रमुख जोशीका अनुसार विद्युत् लाइन पुगेका स्थानमा राष्ट्रिय प्रसारण लाइनको माध्यमबाट र नपुगेका स्थानमा सौर्य बत्तीको व्यवस्था गरिनेछ । ‘उज्यालो दशरथचन्द’ अभियानले नगरपालिकाभित्रका सबै सार्वजनिक स्थानलाई समेट्दै सुरक्षा र सौन्दर्यमा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स