विद्युत् महसुल तिर्न वातानुकूलित काउन्टर सञ्चालन
जलसरोकार
कञ्चनपुर: नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राहीलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्ने उद्देश्यले वातानुकूलित महसुल काउन्टर सञ्चालनमा ल्याएको छ ।
केन्द्रको हालै बनेको आधुनिक भवनभित्र सञ्चालनमा ल्याइएको काउन्टरमा चारवटा एयर कण्डिसन (एसी) जडान गरिएको छ । केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार गर्मीयाममा लामो समयसम्म पालो पर्खनुपर्ने बाध्यता अन्त्य गर्न सुविधाजनक वातावरणमा महसुल बुझाउने व्यवस्था मिलाइएको हो ।
“पहिले गर्मीका कारण सेवाग्राहीलाई असुविधा हुने गथ्र्यो, अहिले भने वातानुकूलित कोठामा सहजै पालो पर्खेर महसुल बुझाउन सक्ने भएका छन्,” श्रीवास्तवले बताए । उनका अनुसार यस कदमले कर्मचारीलाई पनि काम गर्न उत्साहजनक वातावरण उपलब्ध गराएको छ ।
सेवाग्राहीको भीड नियन्त्रण गर्न र सेवा प्रवाहलाई व्यवस्थित बनाउन काउन्टरमा टोकन प्रणाली लागू गरिएको छ । यसमार्फत ग्राहकले अनावश्यक समस्या र अवरोध बिना पालोअनुसार शान्तिपूर्वक महसुल बुझाउन सक्ने व्यवस्था गरिएको छ ।
वितरण केन्द्रअन्तर्गत हाल ७९ हजार ग्राहक छन् । तीमध्ये करिब ४० हजारले महेन्द्रनगरको महसुल काउन्टरमार्फत महसुल बुझाउँदै आएका छन् । बाँकी सेवाग्राहीलाई सहज बनाउन झलारी, गुलरिया र दोधारा–चाँदनीमा पनि आय सङ्कलन काउन्टर सञ्चालन गरिएको छ ।
प्राधिकरणले पछिल्ला वर्षमा सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले नयाँ भवन, आधुनिक प्रविधि र व्यवस्थापकीय सुधार गर्दै आएको छ । वातानुकूलित महसुल काउन्टर सञ्चालनलाई पनि सोही अभियानको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।
स्थानीयवासीले अब विद्युत् महसुल बुझाउन सहज हुने र समय बचत हुने अपेक्षा व्यक्त गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन