च्युरीबोटमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेपछि.....
जलसरोकार
म्याग्दी, : म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा विद्युतीकरण भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत च्युरीबोटमा केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तार भएको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले च्युरीबोटका १३० घरमा विद्युतीकरण गरिएको जानकारी दिए ।
मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने, एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडानका साथै घरघरमा वायरिङ र मिटरबक्स जडान भएपछि विद्युत् आपूर्ति गराउन थालिएको उनले बताए ।
च्युरीबोटका बासिन्दाले यसअघि उज्यालोका लागि दाजुङखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका थिए । केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि उज्यालोका साथै घरायसी काम, विद्यालयमा कम्प्युटर विषयमा पठनपाठन, मोबाइल, टेलिभिजनलगायत विद्युतीय उपकरण प्रयोग र इन्टरनेट सेवा प्रयोगमा सहज भएको च्युरीबोटका बासिन्दा रेशम पुनले बताए ।
म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०÷८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।
यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं ४ ओखरबोटका ६००, धवलागिरि गाउँपालिकाको मलम्पारका ६० र बुलका ३० घरमा विद्युतीकरण भइसकेको छ ।
धवलागिरि गाउँपालिकाको लुलाङमा मिटरबक्स जडानको काम भइरहेको छ । मालिका गाउँपालिकाको महभिर र धवलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स