च्युरीबोटमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेपछि.....
जलसरोकार
म्याग्दी, : म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा विद्युतीकरण भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत च्युरीबोटमा केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तार भएको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले च्युरीबोटका १३० घरमा विद्युतीकरण गरिएको जानकारी दिए ।
मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने, एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडानका साथै घरघरमा वायरिङ र मिटरबक्स जडान भएपछि विद्युत् आपूर्ति गराउन थालिएको उनले बताए ।
च्युरीबोटका बासिन्दाले यसअघि उज्यालोका लागि दाजुङखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका थिए । केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि उज्यालोका साथै घरायसी काम, विद्यालयमा कम्प्युटर विषयमा पठनपाठन, मोबाइल, टेलिभिजनलगायत विद्युतीय उपकरण प्रयोग र इन्टरनेट सेवा प्रयोगमा सहज भएको च्युरीबोटका बासिन्दा रेशम पुनले बताए ।
म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०÷८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।
यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं ४ ओखरबोटका ६००, धवलागिरि गाउँपालिकाको मलम्पारका ६० र बुलका ३० घरमा विद्युतीकरण भइसकेको छ ।
धवलागिरि गाउँपालिकाको लुलाङमा मिटरबक्स जडानको काम भइरहेको छ । मालिका गाउँपालिकाको महभिर र धवलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आगामी २४ घण्टामा देशका पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना
-
ऊर्जा मन्त्री घिसिङ मन्त्रालय र प्राधिकरणका टोलीसहित आफै पुगे भार प्रेषण केन्द्र
-
ट्रंक तथा डेडिकेटेडकाे बक्यौता नतिर्ने उद्योगहरुकाे लाइन काट्न सुरु
-
लक्ष्मी पूजाको साँझ विद्युत्को उच्चतम खपत १६५० मेगावाट
-
आगामी २४ घण्टामा अधिकांश भू-भागमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदली
-
पाकिस्तान दूतावास र नेपाल-पाकिस्तान युवा परिषद्द्वारा इलामका बाढीपीडितलाई राहत सहयोग