विद्युतीकरणपछि गाउँ–गाउँमा चल्छन् ‘विद्युतीय मिल’
जलसरोकार
भोजपुर: भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेमा विद्युतीकरणपछि ग्रामीण जनजीवन सहज बन्दै गएको छ । अँध्यारोमा रात बिताउन बाध्य स्थानीय अहिले उज्यालोसँगै आधुनिक उपकरण र विद्युतीय मिलको प्रयोग गर्दै दैनिकीलाई सजिलो बनाइरहेका छन् ।
भौगोलिक रूपमा विकट मानिने वैकुण्ठेमा विद्युत् सेवा पुगेपछि स्थानीयको दैनिकीमा ठूलो परिवर्तन आएको छ । वडासदस्य जानुका सुयलका अनुसार अब कुटानी–पिसानीका लागि दिनभर लागेर टाढा जानुपर्ने बाध्यता हटेको छ । गाउँमै विद्युतीय मिल जडान भएपछि महिलाको श्रम कम भएको छ ।
वडाध्यक्ष एकराज आचार्यले १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरिएको बताए । उनका अनुसार वडाभर विद्युत् पुगेपछि स्थानीयलाई विद्युत्को उपयोगबाट जीवन सहज बनाउन प्रोत्साहित गरिँदैछ । “अब हामी रैथाने बालीलाई प्रशोधन गरेर बजारमा पु¥याउने काम गर्दैछौँ,” उनले बताए ।
आचार्यका अनुसार वडाले ‘बैकुण्ठेको उत्पादन, काठमाडौँको भान्सामा’ भन्ने नारासहित रैथाने बाली—कोदो, गहुँ, जौ, फापर—लाई प्रशोधन गरेर सहरमा पठाउने तयारी गरेको छ । यसले उत्पादनसँगै उद्यमशीलता र आम्दानीमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
वडासदस्य जयन्द्रकुमार राईका अनुसार विद्युतीकरणपछि सूचनाको पहुँच सहज भएको छ भने मिल वितरणले विशेषगरी महिलाको घरायसी काममा सहजता थपेको छ ।
स्थानीय सरकारको सहजीकरण र विद्युतीकरण विस्तारसँगै वैकुण्ठे गाउँ अहिले उज्यालोसँगै उद्यमशीलताको बाटोमा अघि बढिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स