दुर्गमका ९० प्रतिशत घरमा केन्द्रीय विद्युत्
जलसरोकार
खोटाङ : भौगोलिक रूपमा दुर्गम मानिने खोटाङको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा अब उज्यालो बन्दै गएको छ । हाल वडाका करिब ९० प्रतिशत नागरिक केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । स्थानीय तहको पहलमा विद्युत् विस्तार अभियानले घरघरमा बत्ती बाल्न सफल भएको हो ।
वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको काम शून्य अवस्थाबाट सुरु गरिएको थियो । “अहिले अन्तिम चरणमा छौँ,” उनले भने,“दुई बस्तीका ११ घरमा मात्र बत्ती पुग्न बाँकी छ, ती घरमा पनि चाँडै जडान गरिनेछ ।”
राईका अनुसार केही दुर्गम बस्तीमा पोल र तारको अभावले विस्तारमा ढिलाइ भएको भए पनि बाँकी घरमा पनि छिट्टै विद्युत् पुर्याएर वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने तयारी भइरहेको छ ।
विद्युत् विस्तारसँगै वर्षौँदेखि टुकी र सोलारमा भर परेका स्थानीय अब उज्यालो जीवनमा प्रवेश गरेका छन् । “अब अँध्यारो हटेको छ,” स्थानीय हर्कराज राईले खुशी व्यक्त गर्दै भने, “गाउँमै टेलिभिजन, इन्टरनेट चलाउन सक्छौँ, देश–विदेशको समाचार सजिलै पाउँछौँ ।”
स्थानीय प्रशासन र जनताको सहकार्यमा सानोदुम्मा वडाको यो उपलब्धिलाई ग्रामीण विद्युतीकरणको उदाहरणीय सफलता मानिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी