२० हजार घरमा बल्यो बिजुली, धमाधम विद्युत्काे काम


दार्चुला : दार्चुलामा २० हजार घरधुरीमा विद्युतीकरण भएको छ । करिब २८ हजार घरपरिवारको बसोबास रहेको उक्त जिल्लामा २० हजार घरधुरीमा बिजुली पुगिसकेको छ नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटाले जानकारी दिए ।
केही महिनापहिलेसम्म एकदेखि दुई सय मिटर मात्रै बिक्री भइरहेकोमा अहिले मासिक चारदेखि पाँच सय मिटरको माग आइरहेको उनले बताए । मासिक मिटर बिक्रीवितरणको तथ्याङ्क हेर्दा पनि पछिल्लो समय विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको वितरण केन्द्रले जनाएको छ ।
जिल्लामा ग्रामीण विद्युतीकरण आयोजनामार्फत जिल्लाका सबै स्थानीय तहमा विद्युतीकरणको काम गरिरहेको विद्युत् प्रोजेक्टका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले बताए ।
दार्चुलामा अहिले विद्युत्को मेन लाइन र शाखा लाइनको काम धमाधम भइरहेको विद्युत् उनले जनाकारी दिए । प्रोजेक्टले जिम्मा पाएको १२३ लोडसेन्टरमध्ये ८० वटा लोडसेन्टरमा ट्रान्सफर्मर चढाइसकेका छौँ , उनले भने, बाँकीमा समेत असार मसान्तसम्म ट्रान्सफर्मर चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
यसअघि विद्युत् प्राधिकरणले दार्चुलामा दुई सयभन्दा बढी ट्रान्सफर्मरमार्फत विद्युत् वितरण गरेको । मार्माको वडा नम्बर १ र अपिहिमालको दुर्गम गाउँमा भौगोलिक विकटताका कारण काम गर्न केही ढिलाइ तथा कठिनाइ भइरहेको उनले बताए । लेकमको विकट क्षेत्र रतौडामा केही दिनपहिले ट्रान्सफर्मर राखिएको छ । महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखरलगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ ।
व्यास, मार्मा, नौगाड, अपिहिमालमा पनि काम भइरहेको छ, उनले भने,“जिल्लाभरि विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ ।
दार्चुलामा हालसम्म ७० प्रतिशत घरधुरीमा बिजुली बलिसकेको विद्युत् प्राधिकरणले दार्चुला वितरण केन्द्रले बताएको छ ।
दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलभिसा गरेर तीन वटा सबस्टेसनमार्फत विद्युत् वितरण भईरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्रीले आफूखुशी हदम्याद बढाएकाले प्रशासकीय पुनरावलोकन समिति आफैमा ‘अवैध’, यादवबाहेक कसैले पनि काम नगर्ने लिखित जनाउ
-
आगामी २४ घण्टामा देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना
-
काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जा मन्त्री खड्का
-
समयमै आयोजना सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी
-
नेपालको जलविद्युत् चक्रव्यूहको दुष्परिणाम
-
सुनको भाउ एक सातामा रु ३२ सयले घट्यो