सेयर बजार ३ अंक घटेर साताको कारोबार बन्द
जलसरोकार
काठमाडौं – साता कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक पुनः घटेको छ । हिजो सामान्य बढेको बजार आज ३ अंक घटेर १९६५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३.२४ अंक घटेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन २ अर्ब ५३ करोडको कारोबार भएकोमा आज २ अर्ब ३६ करोडमा खुम्चियो । आज २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रूपैयाँको सेयर कारोबार भएको छ। बुधबार दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३३ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०३ वटा धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन मल्टीपर्पस फाइनान्सको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४२५ रूपैयाँ कायम भएको छ। यस्तै, पोखरा फाइनान्सको सेयरमूल्य ८.०५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६१० रूपैयाँ ९० पैसा पुगेको छ।
सबैको लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७२७ रूपैयाँ कायम भएको छ। यस्तै, माइखोला हाइड्रोपावरको मूल्य ५.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४४४ रूपैयाँ ४० पैसामा झरेको छ।
बिहीबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१० रूपैयाँ ९० पैसामा ११ करोड २६ लाख बराबरको सेयर कारोबार भएको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा मल्टीपर्पस फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४२५ रूपैयाँमा ९ करोड ४० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको भने बाँकी ८ समूहको परिसूचक घटेको छ। यसदिन वित्त समूहमा लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशतले बढेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य