सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर वृद्धको मृत्यु
जलसरोकार
सिरहा: सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा आज बिहान सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको वडाध्यक्ष नन्दकुमार महतोले जानकारी दिए । उनका अनुसार बिहान चिया खाएर खेत गएका पण्डित सिँचाइ गर्न खोज्ने क्रममा विद्युत्को तार सही तरिकाले नजोड्दा करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ ।
अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार गरी मृतकको शव उठाउने काम गरिइरहेको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए । वडाध्यक्ष महतोका अनुसार गत वर्ष पनि सोही गाउँमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको थियो । उनले ग्रामीण क्षेत्रमा विद्युत् सुरक्षाबारे जानकारी कम रहेकाले पम्प प्रयोग वा मर्मत गर्दा सावधानी नअपनाउने, नाङ्गो तार छोप्ने, जमिनमै ‘प्लग’ राख्ने जस्ता कार्यले विशेषगरी वर्षायाममा अकालमा ज्यान गुमाउने क्रम बढिरहेको बताए ।
घटनापछि विद्युत् सुरक्षाको सवालमा चेतनामूलक कार्यक्रमको आवश्यकता देखिएको भन्दै स्थानीयवासीले पनि सरोकारवाला निकायसँग तत्काल ध्यान दिन माग गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार