काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तीन वटा फिडरमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा आज निर्धारित समयसम्म बिजुली कटौती हुनेछ। फिडरको भार (लोड) व्यवस्थापन गर्न तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर र भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
सूचनाअनुसार गणेशस्थान फिडरअन्तर्गत भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रमा आज बिहान ११ः३० बजेदेखि अपराह्न १ः३० बजेसम्म विद्युत् कटौती हुनेछ । यस्तै भङ्गाल फिडरअन्तर्गत तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा बिहान ११ः३० बजेदेखि अपराह्न १ः०० बजेसम्म बिजुली सेवा अवरुद्ध रहनेछ ।
त्यसैगरी शिवपुरी फिडर मातहत पर्ने बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयअघि नै विद्युत् सेवा नियमित गरिनेछ। विद्युत् कटौतीका कारण हुन सक्ने असुविधाप्रति प्राधिकरणले उपभोक्तासँग क्षमायाचनासमेत गरेको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै
-
माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो