काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तीन वटा फिडरमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा आज निर्धारित समयसम्म बिजुली कटौती हुनेछ। फिडरको भार (लोड) व्यवस्थापन गर्न तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर र भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
सूचनाअनुसार गणेशस्थान फिडरअन्तर्गत भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रमा आज बिहान ११ः३० बजेदेखि अपराह्न १ः३० बजेसम्म विद्युत् कटौती हुनेछ । यस्तै भङ्गाल फिडरअन्तर्गत तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा बिहान ११ः३० बजेदेखि अपराह्न १ः०० बजेसम्म बिजुली सेवा अवरुद्ध रहनेछ ।
त्यसैगरी शिवपुरी फिडर मातहत पर्ने बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयअघि नै विद्युत् सेवा नियमित गरिनेछ। विद्युत् कटौतीका कारण हुन सक्ने असुविधाप्रति प्राधिकरणले उपभोक्तासँग क्षमायाचनासमेत गरेको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य