देवीखोला–खहरे–बिरुवा सिँचाइ योजनाबाट एक सय घरपारिवार लाभान्वित
जलसरोकार
तनहुँ,: आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने अवस्था रहेको जिल्लाको बन्दीपुर–४ स्थित खहरे–बिरुवा क्षेत्रमा अब बाह्रै महिना सिँचाइ सुविधा हुने भएको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सहयोगमा देवीखोला खहरे बिरुवा सिँचाइ योजना सम्पन्न भएपछि यहाँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । सिँचाई सुविधा पुगेपछि मौसमी र बेमौसमी तरकारी उत्पादनका साथै अन्य बाली लगाउन सहज हुने देवीखोला–खहरे–बिरुवा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष हरिकाशी गुरुङले जानकारी दिए ।
“गत वर्ष मुहानमा च्याम्बर निर्माण गरी २ नंं ट्याङ्कीसम्म एक हजार ८०० मिटर लामो ११० एमएमको पाइप जडान गरिएको छ,” अध्यक्ष गुरुङले भने, “पहिलो वर्ष २ नं टयाङ्की निर्माण गरी तीनवटा गेटवाल राखेर २० वटा धारा जडान गरिएको थियो ।”
उनले भने,“यस चालु वर्षमा १ नं टयाङ्की निर्माण गरी चारवटा गेटवाल राखेर २८ वटा धारा जडान गरिएको छभने यसै वर्ष दुईवटा धारा थप गरी ५० वटा धारा पु¥याइएको छ ।”
एक लाख ८० हजार लिटर क्षमताका दुईवटा रिजर्भ टयाङ्की निर्माण गरी पानी सङ्कलन गरेर धाराबाट सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाबाट ३०० रोपनी क्षेत्रफल सिञ्चित हुने बताइएको छ ।
योजना सम्पन्न गर्नका लागि सिँचाइ डिभिजन कार्यालयबाट गत वर्ष रु ४५ लाख र यस वर्ष २५ लाख गरी रु ७० लाख बजेट विनियोजन भएको उपभोक्ता समितिकी सचिव सीता रानाले बताए ।
आगामी वर्षका लागि रु १० लाख बजेट विनियोजन गरी सत्र वटा थप धारा निर्माण गर्ने योजना रहेको सो कार्यालयले जनाएको छ । समयमै सम्झौता गरी समयमै निर्माण कार्य सम्पन्न गरिएको कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिए ।
“आकाशेपानीको भर पर्नु पर्दैन,” प्रमुख आचार्यले भने, “नयाँ प्रविधिमा आधारित सिँचाइ योजनाले अब बाह्रै महिना सिँचाइमा सजिलो बनाइदिएको छ ।” उनका अनुसार फलफूलजन्य र तरकारीजन्य उत्पादनमा प्रोत्साहन गर्दै नमूना कृषि फार्मका रुपमा विकास गर्न सिँचाइले बाटो खोलिदिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?