गत वर्ष वीरगञ्ज नाकाबाट १ अर्ब ६४ करोड भन्दा बढी विद्युतीय सवारीसाधन आयात


वीरगञ्ज: आर्थिक वर्ष २०८०/८१ मा वीरगञ्ज नाका हुँदै दुई हजार ३३७ थान साना–ठूला विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधनको कूल आयात मूल्य करीब रु १ अर्ब ६४ करोड रहेको छ ।
विद्युतीय सवारीसाधनको आयातबाट सो कार्यालयले करिब रु १ अर्ब ८० करोड ४५ लाख राजस्व संकलन गरेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए ।
उनका अनुसार यद्यपि इन्धनबाट चल्ने सवारीसाधनको आयात अझै पनि विद्युतीय सवारीभन्दा बढी छ ।
गत वर्ष रु १२ करोड ६ लाख मूल्यका १६ थान विद्युतीय जिप, कार र भ्यान आयात हुँदा करिब रु १९ करोड ७४ लाख राजस्व संकलन भएको थियो ।
यस अवधिमा ५१–१०० किलोवाट क्षमताका ५० थान सवारीसाधन रु १३ करोड ४ लाख मूल्यमा आयात भएका छन् भने १०१–२०० किलोवाट क्षमताका ३६ थान सवारीसाधनको मूल्य रु २४ करोड ८० लाख रहेको थियो ।
त्यस्तै, २०१–३०० किलोवाट क्षमताका १६ थान विद्युतीय जिप, कार तथा भ्यान रु १२ करोड ६ लाख मूल्यमा आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
यसैबीच, वीरगञ्ज नाका हुँदै एक हजार ८२१ थान विद्युतीय मोटरसाइकल समेत आयात भएका छन्, जसको कूल मूल्य रु ४३ करोड २ लाख रहेको छ ।
प्रतिक्रिया
भर्खरै
-
मनसुन सक्रिय भए पनि यसको प्रभाव कमजोर
-
जलविद्युत्मा धितोपत्र बोर्डलगायत यदुवंशीहरुका कुदृष्टि
-
गत वर्ष वीरगञ्ज नाकाबाट १ अर्ब ६४ करोड भन्दा बढी विद्युतीय सवारीसाधन आयात
-
लुम्बिनीलाई शैक्षिक गन्तव्य बनाउनु पर्ने अर्थमन्त्री पौडेलको जोड, ८० अर्बको देवदह गुरुयोजना सार्वजनिक
-
राष्ट्र बैंकबाट ५० रूपैयाँ दरका ४२ करोड नोट छपाइका लागि बोलपत्र आह्वान
-
“बत्तीको उज्यालो मात्रैले देश समृद्ध हुँदैन” : घिसिङ