साताको अन्तिम कारोबारमा १५ अंक नकारात्मक रह्यो सेयर बजार
जलसरोकार
काठमाडौं–साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक १५ अंक नकारात्मक भएको छ । साताको अन्तिम कारोबारको दिन बिहीबार १५.३७ अंक घटेर बजार बन्द भएको हो । बिहीबार बजार परिसूचक २०४८.५७ अंकमा झरेर साताको कारोबार बन्द भएको छ ।
आज ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । धौलागरी लघुवित्त र सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सर्वोत्तम सिमेन्ट ७३९.९० र धौलागिरी लघुवित्त १४०८ मा उक्लिएको छ ।
बजार घटेपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । आज ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर खरिद बिक्री भएको छ । बजार १५ अंकले घट्दा व्यापार बाहेकका बाँकी समूहको सेयर मूल्य घटेको छ । आज व्यापार समूह ०.६५ प्रतिशत बढेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलेखानीमा पानीको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइयाे
-
रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र
-
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध