साताको अन्तिम कारोबारमा १५ अंक नकारात्मक रह्यो सेयर बजार
जलसरोकार
काठमाडौं–साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक १५ अंक नकारात्मक भएको छ । साताको अन्तिम कारोबारको दिन बिहीबार १५.३७ अंक घटेर बजार बन्द भएको हो । बिहीबार बजार परिसूचक २०४८.५७ अंकमा झरेर साताको कारोबार बन्द भएको छ ।
आज ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । धौलागरी लघुवित्त र सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सर्वोत्तम सिमेन्ट ७३९.९० र धौलागिरी लघुवित्त १४०८ मा उक्लिएको छ ।
बजार घटेपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । आज ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर खरिद बिक्री भएको छ । बजार १५ अंकले घट्दा व्यापार बाहेकका बाँकी समूहको सेयर मूल्य घटेको छ । आज व्यापार समूह ०.६५ प्रतिशत बढेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्यले आफूले आफैलाई लायक नरहेको प्रमाणित गरे
-
राष्ट्रिय जनमोर्चाको घोषणापत्रः जलस्रोतमा विदेशी एकाधिकार अन्त्य, राष्ट्रिय हितअनुसार विकास गर्ने प्रतिबद्धता
-
प्रतितोला २० हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न, कर्णालीमा गुणस्तरीय विद्युत् आपूर्तिको नयाँ युग : घिसिङ
-
एमसीसी अन्तर्गत बन्ने प्रसारण लाइन दायाँ–बायाँ संरचना र रुख रोप्न रोक
-
सुपर मादी हाइड्रोपावरको नाफा ६९ प्रतिशतले बढ्यो