सिँचाइ विस्तारबाट ५२ हेक्टर जमिन लाभान्वित, नदी नियन्त्रणले ११० परिवारलाई राहत
जलसरोकार
म्याग्दी,: यहाँस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन गरेका योजनामार्फत जिल्लामा सिँचाइ सुविधा उल्लेख्य रूपमा विस्तार भएको छ ।
डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुनुका साथै ७० हेक्टर जमिनमा सिँचाइ संरचनाको स्तरोन्नति गरिएको छ । यस क्रममा ६ किलोमिटर पक्की नहर, ६.११ किलोमिटर पाइपलाइन, ५ वटा बाँध तथा ४७ वटा सिँचाइ संरचनाहरू निर्माण गरिएको छ ।
सिँचाइतर्फका २२ योजनाका लागि कूल रु ४ करोड ८३ लाख ४० हजार बजेट विनियोजन भएकोमा २१ योजना कार्यान्वयनमा आएका छन्। कुल बजेटमध्ये ९१.३१ प्रतिशत, अर्थात् रु ४ करोड ४१ लाख ४० हजार खर्च भएको डिभिजनले जनाएको छ।
यसैबीच, नदी नियन्त्रण योजना अन्तर्गत बाढी तथा कटानको उच्च जोखिममा रहेका ६ स्थानमा ४० मिटर पक्की पर्खाल र २५० मिटर ग्याबियन पर्खाल निर्माण गरिएको छ। रघुगङ्गा–१ बेगमा समेत ग्याबियन निर्माण गरी पहिरो रोकथाम गरिएको छ।
नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० परिवार लाभान्वित भएका छन् भने २.५ हेक्टर जमिन उकासिएको छ। नदी नियन्त्रणका लागि विनियोजित रु १ करोड ५० लाख ५० हजार बजेटमध्ये रु १ करोड ४७ लाख ६९ हजार खर्च भएको डिभिजन प्रमुख ओझाले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना