सिंचाई विभागले टनकपुर मुख्य नहरको ठेकेदारसँग ७ करोड असुलेन
जलसरोकार
काठमाडौं : टनकपुर मुख्य नहर निर्माणको एक ठेकेदारबाट सिंचाईं विभागले सात करोड एक लाख ६ हजार रुपैयाँ पूर्वनिर्धारित क्षतिपूर्तिबापत असुल गर्नुपर्ने औंल्याएको छ ।
उक्त ठेकेदारले मूल्य अभिवृद्धि करबाहेक ७९ करोड २ लाख १९ हजार रुपैयाँमा टनकपुर मुख्य नहरको निर्माणको ठेक्का २०७४ माघ १५ मा सम्झौता गरेको थियो । सम्झौता गर्दा उक्त निर्माण कार्य २०७७ माघ १४ गते सकिनुपर्ने शर्त थियो ।
पाँचौंपटक म्याद थपपश्चात कार्य सम्पन्न गर्ने अवधि २०८० पुस ३० सम्म कायम भएकोमा २०८१ असार मसान्तसम्म ७४ करोड ७९ लाख ३१ हजार (८२.३८ प्रतिशत) (मूल्य समायोजनसमेत) भुक्तानी भएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

आयोजनाले २०८० माघ १ बाट लागू हुने गरी पूर्व निर्धारित क्षतिपूर्ति लिने गरी अधिकतम दुई सय दिन म्याद थप गरेकोमा उक्त अवधिमा काम सम्पन्न भएको नदेखिएकाले उक्त ठेकेदारबाट उक्त क्षतिपूर्ति असुल हुनुपर्ने महालेखाले औंल्याएको हो ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ मा निर्माण व्यवसायीको ढिलाईको कारणले खरिद सम्झौताबमोजिमको काम सम्झौतामा उल्लेख भएको समयमा सम्पन्न हुन नसकेमा निजले सार्वजनिक निकायलाई सम्झौता रकमको दश प्रतिशतमा नबढ्ने गरी सम्झौता रकमको ०.०५ प्रतिशत प्रतिदिन पूर्वनिर्धारित क्षतिपूर्ति दिनुपर्ने गरी सम्झौता गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना