सिंचाई विभागले टनकपुर मुख्य नहरको ठेकेदारसँग ७ करोड असुलेन
जलसरोकार
काठमाडौं : टनकपुर मुख्य नहर निर्माणको एक ठेकेदारबाट सिंचाईं विभागले सात करोड एक लाख ६ हजार रुपैयाँ पूर्वनिर्धारित क्षतिपूर्तिबापत असुल गर्नुपर्ने औंल्याएको छ ।
उक्त ठेकेदारले मूल्य अभिवृद्धि करबाहेक ७९ करोड २ लाख १९ हजार रुपैयाँमा टनकपुर मुख्य नहरको निर्माणको ठेक्का २०७४ माघ १५ मा सम्झौता गरेको थियो । सम्झौता गर्दा उक्त निर्माण कार्य २०७७ माघ १४ गते सकिनुपर्ने शर्त थियो ।
पाँचौंपटक म्याद थपपश्चात कार्य सम्पन्न गर्ने अवधि २०८० पुस ३० सम्म कायम भएकोमा २०८१ असार मसान्तसम्म ७४ करोड ७९ लाख ३१ हजार (८२.३८ प्रतिशत) (मूल्य समायोजनसमेत) भुक्तानी भएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

आयोजनाले २०८० माघ १ बाट लागू हुने गरी पूर्व निर्धारित क्षतिपूर्ति लिने गरी अधिकतम दुई सय दिन म्याद थप गरेकोमा उक्त अवधिमा काम सम्पन्न भएको नदेखिएकाले उक्त ठेकेदारबाट उक्त क्षतिपूर्ति असुल हुनुपर्ने महालेखाले औंल्याएको हो ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ मा निर्माण व्यवसायीको ढिलाईको कारणले खरिद सम्झौताबमोजिमको काम सम्झौतामा उल्लेख भएको समयमा सम्पन्न हुन नसकेमा निजले सार्वजनिक निकायलाई सम्झौता रकमको दश प्रतिशतमा नबढ्ने गरी सम्झौता रकमको ०.०५ प्रतिशत प्रतिदिन पूर्वनिर्धारित क्षतिपूर्ति दिनुपर्ने गरी सम्झौता गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् विकास विभागले फेरि निकाल्यो खोलानाला बेचबिखनको सूचना
-
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
-
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटिए
-
दोहोरो अङ्कले बढ्यो सेयर बजार
-
अँध्यारोबाट उज्यालोतर्फको यात्रा
-
विद्युत् प्राधिकरणमा मनाेज सिलवालको ७८ दिन : निर्णयहीनताबाट परिणामतर्फ