जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एनएमबि बैंक लि.द्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

जलसरोकार
मंगलबार, असार ०३, २०८२ | १०:४१:०२ बजे

काठमाडौं : एनएमबि बैंक लि. तथा काङ हाइड्रोपावर कम्पनी लि. बीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । 
एनएमबि बैंक लि.को तर्फबाट सस्टेनेबल ईनर्जी बैंकिङ्गका प्रमुख दिनेश दुलाल तथा काङ हाइड्रोपावर कम्पनी लि. को तर्फबाट प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर पश्चात एनएमबि बैंक लि. का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक  सुब्बाले ऋण सम्झौता पत्र आदान प्रदान गरे ।
सोही कार्यक्रममा एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सीमाभित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखी सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे ।
प्रबन्ध निर्देशक सुब्बाले एनएमबि बैंक लि.लाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।  नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी सोबमोजिम पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ ।

 

 

 

 

प्रकाशित मिति : मंगलबार, असार ०३, २०८२ | १०:४१:०२ बजे

प्रतिक्रिया

सम्बन्धित खबर