खानेपानीको चरम अभावपछि ३ चरणमा लिफ्टिङ गरी तनहुँको मानुङकोटमा खानेपानी पुर्याइँदै
जलसरोकार
काठमाडौं– तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । सोही वडामा पर्ने पासर्दीस्थित खानेपानी मुहानबाट ३ चरणमा लिफ्टिङ गरी पानी लैजाने तयारी गरिएको हो ।
मुहानबाट करिब ५ सय मिटर उचाइमा लिफ्टिङ गरी मानुङकोटमा पानी पुर्याउन लागिएको इन्जिनियर वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार मुहानमा निर्माण गरिएको इन्टेकबाट १ लाख लिटर क्षमताका २ वटा र ३० हजार लिटर क्षमताका २ वटा रिर्जभ ट्याङ्की निर्माण गरिनेछन् ।
थापाका अनुसार इन्टेक नजिक एक लाख लिटर, बीचमा ३०र३० हजार लिटरका दरले दुई र मानुङकोटमा एक लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण गरिनेछ । “ट्याङ्की निर्माणपश्चात् सङ्कलित पानी लिफ्टिङमार्फत लगिनेछ”, उनले भने, “करिब २ किलोमिटर दूरीमा जिआई पाइपलाइन विछ्याइनेछ ।”
३० हजार लिटर क्षमताको एउटा रिजर्भ ट्याङकी निर्माण सम्पन्न भइसकेको थापाले बताए । एक लाख लिटरको ट्याङकीका लागि बेस निर्माण भइरहेको छ । उनका अनुसार हालसम्म योजनाको ४० प्रतिशत भौतिक प्रगति पुगेको छ ।
पछिल्लो समय चर्चामा आएको पर्यटकीयस्थल मानुङकोट आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ । पानीको चरम अभाव रहेकामा शुद्ध पानीको पहुँच पुगेपछि यस क्षेत्रको मुहारमा आमूल परिवर्तन आउने विश्वास गरिएको व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । निर्माणधीन योजनाको कार्य समयमै सम्पन्न गराउन समयसमयमा अनुगमनलाई तीव्रता दिँदै आइएको नगरपालिकाले जनाएको छ ।
संघीय सरकारबाट पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्षमा २ करोड बजेट रुपैयाँ विनियोजन गरेपछि योजनाको काम अघि बढेको हो । समपूरक योजनाअन्तर्गत उक्त योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानी पुर्याउन लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार दोस्रो चरणका लागि पुनः सङ्घीय सरकारमा बजेट माग गरी पठाइसकिएको छ ।
पानीको चर्को समस्याका कारण सुविधा खोज्दै बसाइँसराइमा गएका स्थानीयलाई यही फर्काउने योजना नगरपालिकाको रहेको नगरप्रमुख न्यौपानेले बताए । २०८१ असार मसान्तभित्र सम्पन्न गर्ने गरी लाहुरे काइला बिल्डर्सले योजना निर्माणको जिम्मा पाएको छ ।
पानीको मूल दर्ता रहे पनि केही स्थानीय व्यक्तिको विवादका कारण निर्माण प्रभावित भएको निर्माण कम्पनीका प्रोपाइटर विज्ञान श्रेष्ठले बताए । उनका अनुसार निर्माणस्थलमा दैनिक १२ जना कामदारले काम गरिरहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादन बढाएर समृद्ध नेपाल बनाइन्छ : अध्यक्ष घिसिङ
-
सामाजिक सञ्जालको प्रयोग गर्दा मर्यादा अपनाउनुहाेस् : विद्युत प्राधिकरण
-
भाषण गर्ने होइन, काम गर्न सक्ने नेतृत्वलाई जिताएर एक पटक मौका दिनुहोस् : अध्यक्ष घिसिङ
-
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ फागुन ४ गतेदेखि खुल्दै
-
छ महिनामा ३ अर्ब २७ करोडभन्दा बढी राजस्व सङ्कलन