सुनको मूल्यमा चारदिनदेखि निरन्तर घट्यो, चाँदी भने बढ्यो
जलसरोकार
काठमाडौं: बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, त्यसपछि लगातार घट्दै अहिले स्थिरताको क्रममा छ । पछिल्ला केही सातादेखि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, मध्यपूर्वीय द्वन्द्वमा आएको तुलनात्मक शान्ति र अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को ब्याजदरबारेको अनिश्चितताका कारण सुनको मूल्यमा उतारचढाव देखिएको बताइन्छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार नेपाली समयानुसार बिहान ११ बजे प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको थियो । अघिल्लो दिनभन्दा विश्वबजारमा पनि सुनको मूल्य घटेको छ, जसको सीधा असर नेपाली बजारमा परेका व्यापारीहरूको भनाइ छ ।
त्यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २९२० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४५ रुपैयाँले बढ्दै २९६५ रुपैयाँमा पुगेको छ ।
सुनचाँदी व्यापारीहरूका अनुसार, तिहार र विवाहको सिजन नजिकिँदै गर्दा बजारमा माग बढ्ने सम्भावना रहेकाले आगामी दिनमा मूल्य फेरि उक्लन सक्ने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य