सुनको मूल्यमा चारदिनदेखि निरन्तर घट्यो, चाँदी भने बढ्यो
जलसरोकार
काठमाडौं: बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, त्यसपछि लगातार घट्दै अहिले स्थिरताको क्रममा छ । पछिल्ला केही सातादेखि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, मध्यपूर्वीय द्वन्द्वमा आएको तुलनात्मक शान्ति र अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को ब्याजदरबारेको अनिश्चितताका कारण सुनको मूल्यमा उतारचढाव देखिएको बताइन्छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार नेपाली समयानुसार बिहान ११ बजे प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको थियो । अघिल्लो दिनभन्दा विश्वबजारमा पनि सुनको मूल्य घटेको छ, जसको सीधा असर नेपाली बजारमा परेका व्यापारीहरूको भनाइ छ ।
त्यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २९२० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४५ रुपैयाँले बढ्दै २९६५ रुपैयाँमा पुगेको छ ।
सुनचाँदी व्यापारीहरूका अनुसार, तिहार र विवाहको सिजन नजिकिँदै गर्दा बजारमा माग बढ्ने सम्भावना रहेकाले आगामी दिनमा मूल्य फेरि उक्लन सक्ने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा