गत वर्षको तुलनामा वीरगञ्ज नाकाको आयात ३४ अर्बले वृद्धि
जलसरोकार
काठमाडौं: चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको उक्त अवधिको तुलनामा यो रकम ३४ अर्ब २३ करोडले बढी हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको तीन महिनामा भएको आयातबाट रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड मूल्यका वस्तु तथा सामान आयात भएका थिए ।
भन्सार कार्यालयका अनुसार वीरगञ्ज नाका हुँदै आयातसँगै निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको छ । चालु आवको तीन महिनामा यो नाका हुँदै रु २६ अर्ब ५८ करोड मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन् ।
गत आवको सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्यबराबरका वस्तु तथा सामान निर्यात भएका थिए । यसरी रकमका आधारमा चालु आवमा निर्यात १७ अर्ब ७५ करोडले बढेको भन्सार कार्यालयले जनाएको छ ।
प्रमुख भन्सार प्रशासक ज्ञवालीका अनुसार वीरगञ्ज नाकाको भन्सार प्रणाली सुधार, क्लियरन्स प्रक्रिया सहज र नाकाको भौतिक पूर्वाधार सुधारले व्यापार वृद्धिमा सकारात्मक प्रभाव पारेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य