सेयर बजारका सबै सूचक हरियाली, नेप्से २८.७३ अंकले बढेर २६३९ मा
जलसरोकार
काठमाडौं : सोमबार सेयर बजारका सबै सूचक हरियालीमा देखिएका छन् । नेप्से परिसूचक २८.७३ अंकले बढ्दै २६३९ बिन्दुमा पुगेको छ। बजार खुलेदेखि बन्द हुने समयसम्म नेप्से निरन्तर हरियो रह्यो ।
आजको कारोबारमा २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । आठ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज उत्पादन तथा प्रशोधन समूहमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। सो समूह ३.०५ प्रतिशतले बढ्दै सबैभन्दा बढी उकालो लागेको समूह बनेको छ । बैंकिङ समूह ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ तथा व्यापार समूह ०.२२ प्रतिशतले बढेका छन् ।
आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। यस्तै दरामखोला हाइड्रोपावर ९.५४, हिमस्टार ऊर्जा ८.५४, नारायणी डेभलपमेन्ट बैंक ८.५३ तथा ट्रेड टावरको मूल्य ८.४८ प्रतिशतले बढेको छ ।
यता, सप्तकोशी विकास बैंकको सेयर मूल्य २.४९ प्रतिशत र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २.२३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार, एसवाई प्यानल, श्रीनगर एग्रिटेक र सागर डिस्टिलरी आज सबैभन्दा धेरै कारोबार हुने पाँच कम्पनी बनेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अत्तरिया-धनगढी १३२ केभी प्रसारण लाइन निर्माणको ठेक्का खुल्यो
-
निजी क्षेत्रसमेत सहभागी हुने गरी ऊर्जा विकासका समस्या समाधान गर्न समिति गठन
-
उपत्यकाको विद्युत् आपूर्ति बलियो बनाउँदै मातातीर्थ–चोभार १३२ केभी लाइन, निर्माण सकियाे
-
अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता व्यवस्थित गरिँदै
-
नेप्सेमा पहिरो कायमै, २० अंकले घटेर २५६६ विन्दुमा झर्यो