पुसको अन्तिम दिन जाडो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम २.३ डिग्रीमा झर्यो
जलसरोकार
काठमाडौँ : पुस महिनाको अन्तिम दिन बुधबार देशका विभिन्न भागमा चिसो बढेको छ । तापक्रम घटेसँगै जाडोको असर थप तीव्र भएको हो । आज काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्री सेल्सियस नजिक पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेर २७ मिनेटमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसपछि बिहान पौने ९ बजे तापक्रम थप घट्दै २.३ डिग्री सेल्सियसमा झरेको हो ।
आज मापन भएको तापक्रम मंगलबारको तुलनामा कम हो । महाशाखाका अनुसार मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस थियो । आज बिहान पौने ९ बजे काठमाडौंको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस मापन गरिएको छ ।
देशभर आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.९ डिग्री सेल्सियस मापन भएको छ । यस्तै, जनकपुर र चन्द्रगढीमा सबैभन्दा बढी ९ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच, आज तराई भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
चिसो अझै केही दिन कायम रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो