केही स्थानमा धेरै भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टासम्म देशभर मनसुन सक्रिय रहने भएकाले व्यापक वर्षाको सम्भावना छ।
आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। अधिकांश स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षा हुने देखिन्छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा देशको पहाडी भूभागमा पूर्णतया बदली रहनेछ भने बाँकी भूभागमा सामान्य बदली हुनेछ। गण्डकी र कर्णालीका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। साथै, सुदूरपश्चिमका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा, लुम्बिनीको तराई, गण्डकी र कर्णालीका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्हरूका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित भएकाले मनसुन सक्रिय रहँदै व्यापक वर्षा गराउने अवस्था देखिएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता