देशभर मनसुनी प्रभाव : केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहेका कारण आज सोमबार देशका अधिकांश भागमा बादल लाग्ने, हल्कादेखि मध्यम वर्षा तथा केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागमा पनि थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि अधिकांश भू-भागमा मौसम बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा सम्भावित छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि कायम रहनेछ।
महाशाखाले दिएको मौसम विश्लेषण अनुसार, हाल मनसुनी वायुको सक्रियता देशभर फैलिएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित रहेको छ, जसले वर्षालाई थप सक्रिय बनाएको हो।
सावधानी अपनाउन आग्रह
मौसमविद्हरूले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सम्भावित पहिरो, भू-स्खलन, खोला-नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, भारी वर्षा हुन सक्ने स्थानहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन समेत अनुरोध गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कमजोर, तर तराई र मधेसका केही जिल्लामा तातो हावा र गर्मीको चेतावनी
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?