आगामी २४ घण्टामा देशभर बदली, केही स्थानमा मध्यम वर्षा हुने सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशभर सामान्यतया बदली रहने जनाएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भू-भागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशसहितका अन्य पहाडी क्षेत्रका थोरै स्थानमा तथा तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मौसमी विश्लेषणअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता