देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टासम्म देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । विशेषगरी पहाडी भू-भागका केही स्थानहरूमा र तराईका थोरै भागमा मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लुम्बिनी प्रदेशको तराई भू-भाग, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना छ ।
आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका अन्य पहाडी भू-भागमा साधारणतया बदली रहने विभागले जनाएको छ । बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । यस अवधिमा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
मौसम विश्लेषणअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान (Near Normal position) मा अवस्थित छ । साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले मनसुन गतिविधि केही बढ्ने देखिएको विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता