पश्चिम नेपालमा ‘हिट अलर्ट’, पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : पश्चिम नेपालका केही जिल्लामा शनिबार उच्च तापक्रमको जोखिम रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले जारी गरेको ‘डे-१ वार्निङ म्याप’ अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा भित्री मधेशका जिल्लामा ‘सावधान रहनु पर्ने’ स्तरको गर्मीको चेतावनी जारी गरिएको हो ।
महाशाखाले शनिबार बिहान ८ बजे सार्वजनिक गरेको नक्शाअनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत पश्चिम तराईका जिल्लामा गर्मीको प्रभाव बढी देखिएको छ । ती क्षेत्रमा पहेंलो र सुन्तला रङमार्फत ‘Be Prepared’ र ‘Take Action’ तहको चेतावनी दिइएको छ ।
नक्शाअनुसार देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा भने वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको संकेत गरिएको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि औंल्याइएको छ ।
महाशाखाले विशेषगरी पश्चिम तराईका नागरिकलाई दिउँसो अत्यधिक घाममा लामो समय नबस्न, प्रशस्त पानी पिउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । उच्च तापक्रमका कारण स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ ।
यस्तै, वर्षा हुने सम्भावना रहेका पहाडी क्षेत्रमा स्थानीय स्तरमा चट्याङ, हावाहुरी तथा क्षणिक बाढीको जोखिम पनि रहन सक्ने महाशाखाको भनाइ छ ।
मौसमविद्हरूका अनुसार अहिले प्रि-मनसुन प्रणाली सक्रिय बन्दै गएको छ । त्यसकै प्रभावले एकातिर पश्चिम तराईमा गर्मी बढिरहेको छ भने अर्कोतर्फ पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने क्रम जारी रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता