पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका केही भू-भागमा मौसम बदली रहने जनाएको छ। महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य उच्च पहाडी-हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने जनाइएको छ।
सम्भावित मौसमी अवस्थाको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा, साथै हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले महाशाखाले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ। यसका लागि दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको नियमित जानकारी लिन पनि अनुरोध गरिएको छ।
पश्चिमी न्यून चापीय प्रणाली भनेको जाडो मौसममा पश्चिमबाट आउने मौसमी प्रणाली हो, जसले नेपालका पहाड र हिमालमा वर्षा र हिमपात गराउँछ।
युरोप-मध्यपूर्व क्षेत्रमा, विशेष गरी भूमध्यसागर वरिपरि, हावाको चक्रवातीय अवस्था बन्छ । त्यहाँ बनेको न्यून चापीय प्रणाली पश्चिमी वायु (Westerlies) सँगै
इरान, अफगानिस्तान, पाकिस्तान हुँदै भारत र नेपाल सम्म फैलिन्छ । यसैलाई नेपालमा पश्चिमी न्यून चापीय प्रणाली भनिन्छ।
नेपालमा यसको प्रभाव मुख्यतया हिउँद (पुस-फागुन) मा र कहिलेकाहीँ चैतको सुरुवातसम्म पनि पर्ने गर्छ । यसले नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा
हल्कादेखि मध्यम हिमपात, पहाडी भू-भागमा हल्का वर्षा र तराई क्षेत्रमा चिसो बढ्ने, कुहिरो/हुस्सु थपिने असर पर्छ ।
यो मौसमी प्रणाालीले हिउँदे बाली (गहुँ, जौ) का लागि उपयोगी वर्षा गराउने र हिमाली क्षेत्रमा हिम सञ्चिति बढाउँछ (जलस्रोतका लागि सकारात्मक) ।
- तर, कहिलेकाहीँ हवाई उडान, सडक यातायात र पर्यटनमा भने असर पर्न सक्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
९५ प्रतिशत सम्पन्न नुप्चे लिखु: अन्तिम चरणमै किन हुन्छ सबैभन्दा ठूलो परीक्षा?
-
चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, आज ८.७८ अंकले बढ्यो
-
चालु वर्षको चैतसम्म अप्पर सोलु हाइड्रोको नाफा २१ करोड १० लाख रुपैयाँभन्दा बढी
-
सामलिङ पावरको खर्च र प्राकृतिक विपत्तिको असरले नाफामा दबाब
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर मादी हाइड्रोपावरको चैत मसान्तसम्ममा २४ करोड ४१ लाख नाफा