देशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव, पूर्वका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । त्यस्तै, गण्डकी प्रदेशको पश्चिमी भेगमा पनि सोही वायुको आंशिक प्रभाव रहेको बताइएको छ । बाँकी भूभागमा भने मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर देखिएको विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने सम्भावना विभागले जनाएको छ । साथै यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।अ
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता