मङ्गलबारसम्म मौसम नखुल्ने, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : देशका विभिन्न क्षेत्रमा आगामी मङ्गलबारसम्म आकाश पूर्ण रूपमा नखुल्ने अनुमान गरिएको छ । मौसमविद्हरूका अनुसार हालको मौसमी प्रणालीका कारण पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
मौसमविद् रोजन लामिछाने का अनुसार आज विशेषगरी वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल देशको वायुमण्डलमा उच्चचापीय प्रणाली तथा पूर्वी क्षेत्र नजिक तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् । यही प्रणालीका कारण आगामी केही दिन देशका पहाडी र हिमाली भूभागमा बदली हुने तथा केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको उनले बताए ।
जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ ।
त्यसैगरी कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली भूभाग तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्हरूले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक जानकारी हेरेर मात्र यात्रा गर्न आग्रह गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता