देशका अधिकांश भू-भागमा आज मौसम सफा, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : आज देशका विभिन्न प्रदेशहरूमा फरक-फरक मौसमीय गतिविधि देखिने मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
विशेषगरी कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।
मौसम पूर्वानुमानका अनुसार आज अन्य प्रदेशहरूमा उल्लेखनीय वर्षा-हिमपातको अपेक्षा छैन।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले स्थिर र सामान्य मौसमीय अवस्था कायम रहेको विभागले जानकारी दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै