देशका अधिकांश भू-भागमा आज मौसम सफा, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : आज देशका विभिन्न प्रदेशहरूमा फरक-फरक मौसमीय गतिविधि देखिने मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
विशेषगरी कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।
मौसम पूर्वानुमानका अनुसार आज अन्य प्रदेशहरूमा उल्लेखनीय वर्षा-हिमपातको अपेक्षा छैन।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले स्थिर र सामान्य मौसमीय अवस्था कायम रहेको विभागले जानकारी दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत–दैलेख १३२ के.भी. प्रसारण लाइनका लागि जग्गा मुआब्जा दाबी प्रक्रिया सुरु
-
प्राधिकरणले काबेली कोरिडोर १३२ के.भी. प्रसारण लाइनका बिग्रिएका सामग्री लिलामी प्रक्रिया अघि बढायो
-
नेपालगञ्ज–नानपारा १३२ के.भी. प्रसारण लाइनका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा, फोहोर फाल्न अवरोध नगर्न मन्त्री कुलमान घिसिङको आग्रह
-
देशका अधिकांश भू-भागमा आज मौसम सफा, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
-
नेपालले Fitch Ratings बाट “BB-” सार्वभौम क्रेडिट रेटिङ कायम राख्यो