देशका अधिकांश भागमा आज मौसम सफा रहने


काठमाडौँ: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसा देशका पहाडी भू–भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाउँदै महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
"बिजुली आफैं उत्पादन गर्नुस्, प्रसारण लाइन पनि आफैं बनाउनुहोस्, अनि बजार पनि आफैं खोज्नुस्" — नेविप्राका कार्यकारी निर्देशक शाक्यको कड्को
-
दोहोरो आइजिन खारेजको माग गर्दै इप्पानको चार निकायमा ध्यानाकर्षण
-
पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर
-
तनहुँ जलविद्युत आयोजना निर्माणमा प्रगति, समयमै सम्पन्न गराउने लक्ष्य
-
देशभर साधारण बदली, चारवटा प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
अब ढिलो गर्नु भनेको जनताको भरोसा गुमाउनु हो : ऊर्जामन्त्री खड्का