देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ ।
कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागसहित अन्य पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको तराई र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
आज राति कोशी र मधेश प्रदेशसहित देशका अन्य पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । मधेश, कोशीको तराई तथा पहाडी क्षेत्र र अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशीको तराई भू–भाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । यसले गर्दा वर्षा हुने सम्भावना कायम रहेको विभागले जनाएको छ।
वर्षा हुने सम्भावनाका कारण नदी–नाला र पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा