देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ ।
कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागसहित अन्य पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको तराई र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
आज राति कोशी र मधेश प्रदेशसहित देशका अन्य पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । मधेश, कोशीको तराई तथा पहाडी क्षेत्र र अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशीको तराई भू–भाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । यसले गर्दा वर्षा हुने सम्भावना कायम रहेको विभागले जनाएको छ।
वर्षा हुने सम्भावनाका कारण नदी–नाला र पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड