देशभर आज मौसम बदली, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: आज देशभर साधारणतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरिपरि र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
त्यसैगरी, मधेस प्रदेशसँगै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । साथै, कोशी प्रदेशको पहाड तथा मधेस, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी तथा नदी–नाला बढ्ने जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता