देशभर मौसम सामान्य, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव मात्र देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा र अन्य भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
यस्तै, आज राति कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायतका पहाडी भागका एक–दुई स्थानमा राति पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स