आज देशभर मौसम मुख्यतया सफा
जलसरोकार
काठमाडौं : आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा साथसाथै फाटफूटदेखि हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली रहने विभागको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
त्यसैगरी आज राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा फाटफूटदेखि हल्का हिमपातको सम्भावना छ ।
पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेशको तराई क्षेत्रमा आज दिउँसो र राति मुख्यतया सफा रहने सम्भावना रहनेछ ।
यता बागमतीमा आज दिउँसो र राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
त्यसैगरी गण्डकी प्रदेशको हिमाली पहाडी र क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
आज राति गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा फाटफूटदेखि हल्का हिमपातको सम्भावना छ ।
पहाडी क्षेत्रमा आज राति आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ ।
लुम्बिनी र कणाालीमा आज दिउँसो र राति मुख्यतया सफा रहनेछ ।
सुदूर पश्चिमका पहाडी हिमाली र तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता