आज देशभर मौसम मुख्यतया सफा
जलसरोकार
काठमाडौं : आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा साथसाथै फाटफूटदेखि हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली रहने विभागको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
त्यसैगरी आज राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा फाटफूटदेखि हल्का हिमपातको सम्भावना छ ।
पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेशको तराई क्षेत्रमा आज दिउँसो र राति मुख्यतया सफा रहने सम्भावना रहनेछ ।
यता बागमतीमा आज दिउँसो र राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
त्यसैगरी गण्डकी प्रदेशको हिमाली पहाडी र क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
आज राति गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा फाटफूटदेखि हल्का हिमपातको सम्भावना छ ।
पहाडी क्षेत्रमा आज राति आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ ।
लुम्बिनी र कणाालीमा आज दिउँसो र राति मुख्यतया सफा रहनेछ ।
सुदूर पश्चिमका पहाडी हिमाली र तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड