देशभर मौसम मुख्यतया सफा, केही पहाडी भागमा आंशिक बदली
जलसरोकार
काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई र मधेस क्षेत्रका अधिकांश स्थानमा घाम लाग्ने भएकाले बिहान र दिउँसो तापक्रम केही बढ्ने अनुमान गरिएको छ ।
महाशाखाले दिएको विवरणअनुसार अहिले देशभर वायुमण्डलीय स्थिरता कायम रहेको छ । पश्चिमी वायुको कुनै उल्लेखनीय प्रभाव नभएकाले तत्काल वर्षा हुने सम्भावना छैन ।
भोलि पनि देशभर सामान्यतया सफा मौसम रहने अनुमान गरिएको छ । तर गण्डकी र कर्णाली प्रदेशका केही उच्च पहाडी क्षेत्रमा बेलुका तिर आंशिक बदली हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
मौसमविद्हरूका अनुसार हिउँद सुरु हुनुअघि यो समय सामान्यतया स्थिर मौसम रहने गर्छ । हालको अवस्था अनुसार केही दिनसम्म देशभर घाम लाग्ने र चिसो क्रमशः बढ्दै जाने सम्भावना रहेको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग