सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशभर मौसम मुख्यतया सफा, केही पहाडी भागमा आंशिक बदली

जलसरोकार
सोमबार, कात्तिक २४, २०८२ | ०९:३५:२६ बजे

 

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई र मधेस क्षेत्रका अधिकांश स्थानमा घाम लाग्ने भएकाले बिहान र दिउँसो तापक्रम केही बढ्ने अनुमान गरिएको छ ।

महाशाखाले दिएको विवरणअनुसार अहिले देशभर वायुमण्डलीय स्थिरता कायम रहेको छ । पश्चिमी वायुको कुनै उल्लेखनीय प्रभाव नभएकाले तत्काल वर्षा हुने सम्भावना छैन ।

भोलि पनि देशभर सामान्यतया सफा मौसम रहने अनुमान गरिएको छ । तर गण्डकी र कर्णाली प्रदेशका केही उच्च पहाडी क्षेत्रमा बेलुका तिर आंशिक बदली हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

मौसमविद्हरूका अनुसार हिउँद सुरु हुनुअघि यो समय सामान्यतया स्थिर मौसम रहने गर्छ । हालको अवस्था अनुसार केही दिनसम्म देशभर घाम लाग्ने र चिसो क्रमशः बढ्दै जाने सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : सोमबार, कात्तिक २४, २०८२ | ०९:३५:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया