सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आज देशभर मौसम मुख्यतया सफा

जलसरोकार
शुक्रबार, पुस ०४, २०८२ | ०९:३२:२० बजे

 

काठमाडौं : देशभर आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सफा रहनेछ । राति सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका अन्य भू–भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : शुक्रबार, पुस ०४, २०८२ | ०९:३२:२० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया