आज देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं: हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले जारी गरेको आजको मौसम बुलेटिनअनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको पहिलो दिन नेप्से ३० अंकले घट्दै २५६६ विन्दुमा
-
कुलमान घिसिङको स्पष्टीकरण : राष्ट्र र प्राधिकरणको हितमा गरिएको निर्णय, व्यक्तिगत स्वार्थ होइन
-
चैतभित्र पोखरा भूमिगत विद्युत् आयोजना सम्पन्न गर्ने लक्ष्य
-
विद्युत् खरिद सम्झौताबारे तथ्य तोडमोड गरी प्रचार गरिएकोप्रति प्राधिकरणको आपत्ति
-
आज देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
-
काठमाडौंका विभिन्न क्षेत्रमा पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने