आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुन पूर्वानुमान
जलसरोकार
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । यी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ ।
त्यस्तै मधेस प्रदेशको तराई क्षेत्रमा दिनभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीसँगै एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको भए पनि पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा आंशिक बदलीका साथ केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
यस्तै कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम सामान्यतया सफा रहने भए पनि एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा पनि मौसम सामान्यतया सफा रहने तर केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ । यस प्रदेशको तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता