देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
जलसरोकार
काठमाडाै: जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार पहाडी तथा हिमाली भेगका केही स्थानमा भने हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ । त्यसैगरी मधेस प्रदेशका तराईका केही स्थानमा मुख्यतया मौसम सफा रहनेछ ।
बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ भने गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली रहने बताइएको छ ।
यस्तै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ ।
महाशाखाका अनुसार कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ भने सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागमा पनि मुख्यतया मौसम सफा रहने जनाइएको छ ।
महाशाखाले पहाडी तथा हिमाली भेगमा सम्भावित हल्का वर्षा तथा हिमपातका कारण यात्रु तथा स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता