देशभरको मौसम सफा रहने पूर्वानुमान
जलसरोकार
काठमाडौं: देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहँदा पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बदली देखिएको छ । हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रही बाँकी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ ।
यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
मौसमको यो अवस्थामा खासै ठूलो जोखिम नदेखिए पनि हिमाली क्षेत्रमा यात्रा गर्ने तथा कृषि तथा जनजीवनमा आश्रित गतिविधि गर्नेहरूले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली
-
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
-
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
-
तिला जलविद्युत्काे बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने