देशभरको मौसम सफा रहने पूर्वानुमान
जलसरोकार
काठमाडौं: देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहँदा पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बदली देखिएको छ । हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रही बाँकी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ ।
यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
मौसमको यो अवस्थामा खासै ठूलो जोखिम नदेखिए पनि हिमाली क्षेत्रमा यात्रा गर्ने तथा कृषि तथा जनजीवनमा आश्रित गतिविधि गर्नेहरूले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना