मौसम पूर्वानुमान : उच्च चापीय प्रणालीको प्रभाव, पहाडी क्षेत्रमा आंशिक बादल
जलसरोकार
काठमाडाै : देशभर हाल उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण मौसममा खासै बदलीको अवस्था नरहेको भए पनि केही स्थानमा तुवाँलो र हुस्सु देखिएको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने ती भूभागसहित अन्य स्थानमा तुवाँलो लागेको जनाइएको छ। तराईका केही क्षेत्रमा आज दिउँसो हुस्सु रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। आज राति तराईका केही स्थानमा तुवाँलो कायम रहनेछ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता