मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। यस अवधिमा पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा पर्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ।
यसै सन्दर्भमा महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता