मौसम पूर्वानुमान : देशका अधिकांश क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना
जलसरोकार
काठमाडाैै : देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेकाले आगामी २४ घण्टामा अधिकांश भू–भागमा मौसम बदली रहने भएको छ।
आज दिउँसो नेपाल का कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशसहित अन्य पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई जिल्लामा हावाहुरी, असिना तथा चट्याङको जोखिम रहने जनाइएको छ।
आज राति पनि देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ भने अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्ले चट्याङ, हावाहुरी र असिनाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा भ्याट लागू, तर कार्यान्वयनमै अन्योल : प्राधिकरणले राजस्व विभागसँग माग्यो दुई विषयमा स्पष्टता
-
झ्याप्प-झ्याप्प बत्तीको गुनासोपछि प्राधिकरणको उच्च नेतृत्व पूर्वी नेपालमा
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म