काठमाडौँ, : हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने बताएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात हुने सम्भावना छ ।
शोभाकान्त पौडेल सचिवमा सिफारिस
पूर्वाञ्चल विश्वविद्यालयमा बीएलएलबी विद्यार्थीका माग सम्बोधन
सेयर बजार १२ अङ्कले घट्यो
विद्युत् प्राधिकरण घाटामा रहेको श्वेतपत्रबाट जनतालाई भ्रममा पारेको सत्ता पक्षकै सांसदको आरोप, ऊर्जामन्त्रीले जानकारी दिनुपर्ने माग
जगदुल्लाह हाइड्रोपावरबारे छानबिन गर्न माओवादी सांसदको माग
आजपनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ खरिदबिक्री ?