सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार नबिल बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आइतबारका लागि मौसम चेतावनी : तराईमा तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

जलसरोकार
आइतबार, जेठ २४, २०८३ | ०६:०१:१५ बजे

काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबारका लागि जारी गरेको चेतावनी नक्साअनुसार देशका अधिकांश भूभागमा वर्षा तथा केही क्षेत्रमा तातो लहरको प्रभाव रहने संकेत गरेको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। विशेषगरी पूर्वी तथा मध्य पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको संकेतसमेत गरिएको छ।

त्यसैगरी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका केही तराई जिल्लामा तातो लहर (Heat Wave) को अवस्था कायम रहने चेतावनी दिइएको छ। चेतावनी नक्सामा ती क्षेत्रलाई ‘अद्यावधिक हुने’ (Be Updated) श्रेणीमा राखिएको छ, जसले अत्यधिक गर्मीबाट सतर्क रहन सुझाव दिएको मौसमविद्हरूले बताएका छन्।

महाशाखाले वर्षा हुने क्षेत्रमा चट्याङ, पहिरो तथा सहरी डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै अत्यधिक गर्मी भएका क्षेत्रमा दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा वृद्धवृद्धा र बालबालिकाको विशेष हेरचाह गर्न सुझाव दिइएको छ।

हाल देशभर मनसुनी प्रणाली पूर्ण रूपमा सक्रिय नभए पनि स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मौसम बदली र वर्षाको गतिविधि बढिरहेको महाशाखाले जनाएको छ।

 

 

प्रकाशित मिति : आइतबार, जेठ २४, २०८३ | ०६:०१:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया