पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या
जलसरोकार
बागलुङ वर्षा लाग्दासाथ बागलुङ बजारबासीलाई खानेपानी पिरलो हुन्छ । आवश्यकता भन्दा थोरै पानी आउने तथा आएको पानीसमेत धमिलो आउने कारण बागलुङ नगरवासी खानेपानी वितरण संस्थाप्रति आजित छन् ।
बागलुङ बजारमा खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बागलुङ बजारको चार हजार ६०० धारामा खानेपानी बितरण गर्दै आएपनि प्रयाप्त खानेपानी वितरण गर्न सकिरहेको छैन ।
खानेपानीको मुहानमा वर्खाको भेल पस्ने, पहिरोले खानेपानीको पाइप बगाउने र खानेपानीको आपूर्तीमा आउने प्राविधिक समस्याका कारण हिउँदमा भन्दा वर्खामा खानेपानीको समस्या बढी आउने गरेको छ । बागलुङ बजारबासी कमल खड्काले जनतालाई ढलपानी नभएर शुद्ध पानी चाहिएको बताउदै जनता खानेपानीको समस्याबाट आजित भएको गुनासो गरे ।
“अहिले वितरण भइरहेको पानी खानेपानी हैन, ढलपानी हो, हामीलाई शुद्धपानी चाहियो, वर्खामा जहिलै धमिलोपानी दिने संस्थाले जनताको स्वास्थ्यमाथी खेलवाड गरेको छ” खड्काले भने “जनताले तालुखोइलाएर खानेपानी बोकेर कहिले सम्म खाने ? बागलुङ नगरपालिकाले समेत खानेपानीको विषयमा ध्यान दिन आवश्यक छ ।” बागलुङ बजारबासीले हाल सम्म मागको आधा मात्रै खानेपानी आपूर्ती भएको छ ।
बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेश खोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ती गर्दै आएको भएपनि असार २६ गते खहरेखोलामा आएको बाढीले भूदीखोलाबाट आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको झनै समस्या भएको छ ।
बागलुङ बजारबासीलाई २४ सै घण्टा खानेपानी उपलब्ध गराउने गरी काठेखोलाको कैलामपोखरीमा निर्माण गरिएको लिफ्ट योजना पाँच वर्षमा समेत सम्पन्न भएको छैन । बर्खाको समयमा पानी शुद्धिकरण गरेर पठाउने व्यवस्था गरिएपनि भूदिखोलाको मुहानको पाइप बगाउदा खानेपानीको अभाव भइरहेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यबाहक अध्यक्ष हरि बहादुर जिसीले जानकारी दिए ।
“खानेपानीको समस्या छ, हामी स्विकाछौं, सबै मिलेर काम गर्न आवश्यक छ, खानेपानी शुद्धिकरणका लागि आवश्यक काम समेत भइरहेको छ भने कैलमपोखरी लिफ्ट आयोजना हामीले जतिसक्दो छिटो सक्न आवश्यक छ” जिसीले भने “नगरविकास कोषको सहयोगमा निर्माणको अन्तिम चरणमा आएको लिफ्ट खानेपानी आयोजनाको पाइपलाई पुन बिस्तार गर्न आवश्यक देखिएपछि ढिलाई भएको छ ।”
अस्थायी रुपमा चार इन्च र छ इन्चको जिआईपाइपमा अहिले लिफ्टमार्फत समेत खानेपानी लिएर बजारमा वितरण गर्दा राहत मात्रै मिलेको बताउँदै उनले महिनाको विद्युत महशुल मात्रै सात लाख आउने गरेको बताए । आयोजना सम्पन्न भएपछि गण्डकी प्रदेशले महशुलमा छुट दिने भएपनि लिफ्ट आयोजना सम्पन्न नभएका कारण चर्को महशुल तिरेर पानी ल्याउने काम भइरहेको छ ।
प्रति सेकेण्ड १७ लिटर खानेपानी आपूर्ती हुँदै आएको भूलिखोलाको खानेपानीको पाइप बागलुङ नगरपालिका र काठेखोलन गाउँपालिकाको सिमानामा बग्ने खहरेखोलाले बगाएपछि खानेपानीको समस्या झनै बढेको जानकारी दिए ।
असार २६ गते राती परेको अबिरल वर्षापछिको खहरेले उक्त खानेपानीको पाइप बगाएको छ । उक्त खानेपानीको पाइप मर्मत गर्न पानी पर्न रोकिन आवश्यक रहेको बागलुङ नगरखानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिए ।
अहिले बागलुङ बजारमा रेश खोलाबाट आएको प्रतिसेकेण्ड १७ लिटर खानेपानी र रिठेखोलाबाट लिइएको प्रतिसेकेण्ड ३ लिटर खानेपानी आपूर्ती भएरहेको छ भने कैलमपोखरीबाट आवश्यकता अनुसार अस्थायी लिफ्ट मार्फत खानेपानी ल्याइएको छ ।
बागलुङ नगरपालिका-१ रामरेखाका देवि प्रसाद पाठकले बागलुङ बजारबासीलाई खानेपानीको दुःखले नछोडेको बताए । नगरखानेपानीले वितरण गर्ने खानेपानीको मुहानमा कोलिर्फम फेला परेपनि वितरण गरिएको पानी निर्मलीकरण गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना